पेट्रोलियम पदार्थको मूल्य आकाशियो
काठमाडौं, ४ पुस । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रत्येकमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसाका दरले भाउ बढाएको हो । अब ९७ रुपैयाँको पेट्रोललाई १०१ रुपैयाँ ५० पैसा पर्ने छ भने डिजेल र मट्टितेल दुबैलाई प्रतिलिटर ७७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छैन । हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ रहेको छ ।
भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गर्दा मूल्य बढेको आयल निगमले जनाएको छ । ओपेकले जनवरीदेखि कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय बजारमा त्यसको असर देखिएको हो ।