‘एकाधिकार दलाल पुजिपती वर्गले बनाएको सविधानले जनताको अधिकार दिदैन’

२०७३ पुष ४ गते, सोमबार

काठमाडौं, ४ पुस । नेकपा (माओवादी) कास्की सार्दीखोला गा वि स को प्रथम सम्मेलन तथा जनसभालाई उद्दघाटन गर्दै स्थायी समिती सदस्य धमेन्द्र बास्तोलाले अहिलेको सविधानल नेपाली जनताको अधिकार सम्पन संविधान नरहेको बताए। यो एकाधिकार दलाल पुजिपतीले बनाएको संविधान भएकोले यो जनताको संविधान नरहेको बताए। शिक्षा,स्वास्थ लगाएतमा नेपाली जनताले निशुल्क पाउनु पर्ने हो तर एकाधिकार दलाल पुजिपती वर्गले बनाएको यो संविधान जनताको संविधान हुन सक्दैन,यो संविधान बिदेशी विस्तारवादी र सामाज्यवादीहरुको दवाबमा नेपालमा रहेका एकाधिकार दलाल पुजिपती बर्गले बनाएको बताए। यसैको उदहारण नेपाल सरकारले रातको १२ बजे पेट्रोलियम पर्दाथ एक्कासी प्रती लिटर ४ रुपैया वढाएको छ।
यदी यो संविधान नेपाली जनताले बनाएको हो भने जनताको हित र अधिकारमा आधारित काम किन गर्दैन ?जनताको खाध सम्प्रभुताको अधिकार, निशुल्क शिक्षा अनि निशुल्क स्वास्थ्यको अधिकार किन कार्यान्वयन हुदैन? उहाको प्रश्न थियो।
उहाले एकाधिकार दलाल पुजिपतीवर्गले बनाएको सविधानले नेपाली जनताको अधिकारको गारेण्टी नहुने भएकाले आफ्नो पार्टीले एकीकृत जनक्रान्ती मार्फत जनताको अधिकार सम्म्पन मुलुक बनाउनको निम्ती पार्टी लागि परेको बताए ।
सार्दीखोला गा वि सका अग्रज कम्युनिस्ट नेता युवराज वास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा गण्ड्क व्युरो प्रमुख सावित्रा दुरा (आस्था) पश्चिम कमाण्ड प्रमुख सुजन बि क लागाएतले जनसभालाई सम्बोधन गरेका थिय। कार्यक्रममा चुनु सिल्पा जन सास्कृतिक परिवार गण्डकका कलाकारहरुले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिय भने धर्मेन्द्र वास्तोलाका पुर्खा यही ठाउमा जन्मेको र पुर्खौली थलो भएकोले उहालाई स्थानीयले वाजा गाजा र फुल मालाले स्वागत गरेका थिय। – आश तमु

प्रतिक्रियाहरु

[anycomment]