सुनको सार्वजनिक ट्वाइलेट !

२०७३ पुष ५ गते, मंगलवार

काठमाडौं, ५ पुस । तपाईलाई सुनको ट्वाइलेट प्रयोग गर्ने रहर छ ? यदि तपाई न्युयोर्कमा हुनुहुन्छ वा न्युयोर्क घुम्न जाने योजना बनाउनुभएको छ भने अब तपाईको त्यो रहर पूरा हुने भएको छ । न्युयोर्कको गुगेनहाइम म्युजियममा १८ क्यारेट सुनको सार्वजनिक ट्वाइलेट बनाइएको छ । अमेरिका नाम दिइएको यो ट्वाइलेट म्युजियमको पाँचौं तल्लामा रहेको सार्वजनिक बाथरुमभित्र राखिएको छ । मौरिजिनो क्याटलिन नामका कलाकारले डिजाइन गरेको यो ट्वाइलेट सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् । यो ट्वाइलेट संसारको सबैभन्दा महँगो सार्वजनिक ट्वाइलेट भएको र यसो मूल्य २५ लाख अमेरिकी डलरसम्म पर्ने बताइएको छ । म्युजियम घुम्न जानेहरुले यो ट्वाइलेट प्रयोग गर्न पाउनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]