टेलिकम रिचार्ज गर्दा थपिने समय बढायो

२०७० असार ५ गते, बुधबार

काठमाडौं, असार ५ – नेपाल टेलिकमको जिएसएम तथा सिडिएमए मोबाइल सेवामा रिचार्ज गर्दा थपिने समय बढाएको छ । यसबाट न्यून महसुल उपभोग गर्ने ग्राहकवर्गलाई एउटै रिचार्जकार्डबाट लामो अवधिसम्म सेवा उपभोग गर्न सहज हुने नेपाल टेलिकमले जनाएको छ । यो सेवा वुधवार अर्थात आज देखि लागू हुने छ ।
नयाँ व्यवस्था अनुसार पिनलेस रिचार्ज र रिचार्ज कार्ड जुनसुकैबाट प्रिपेड मोबाइल रिजार्च गरेपनि अब १ सय रुपैयाँ रिचार्ज गर्दा २ महिना समय थपिने छ । यसअघि १ सय रुपैयाँको रिचार्जमा जम्मा २० दिनको मात्र समय थपिने गरेको थियो ।
कति रकम रिचार्ज गर्दा कति समय थप हुन्छ तालिकामा हेर्नुहोस:
Document1

प्रतिक्रियाहरु

[anycomment]