सिजीका मजदुरद्धारा अन्तर्राष्टिय श्रम संगठनको ध्यानाकर्षण

२०७३ पुष ६ गते, बुधबार

काठमाडौं, ६ पुस । वर्ष दिनदेखि रोकिएको तलब उपलब्ध गराउन र व्यवस्थापन आफैले बन्द गरेको कम्पनी सूचारु गर्नुपर्नेलगायतका १३ बुँदे माग राखी आन्दोलनरत चौधरी गु्रपका मजदुरहरुले अन्तर्राष्टिय श्रम संगठनको ध्यानाकर्षण गराएका छन् । सिजी कम्युनिकेशन प्रा.लिमा कार्यरत पाँच दर्जनभन्दा कर्मचारीलाई कामबाट बदखल बनाएको भन्दै विगत २ महिनादेखि आन्दोलन जारी छ ।
पछिल्लो समयमा व्यवस्थापनले मुद्धा सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन रोकी धेरैपटक छलफल भएपनि मुद्धा सम्बोधनका लागि तयार नभएपछि गत मंसीर २७ गते निरन्तर आन्दोलन गर्दै आएका छन् । विप्लव माओवादी निकट मजदुर संगठनले आइएलओलाई मान्यता नदिएपनि मजदुरका मुद्धामा अन्तर्राष्टिय पहल गर्ने दावी गर्दै आएकोले चौधरी ग्रुपको मजदुरविरोधी हर्कतलाई अन्तर्राष्टियकरण गर्न ध्यानाकर्षण गरेको हो ।
सानेपास्थित आइएलओको नेपालको मुख्यालयमा १ घण्टासम्म र्यालीसहित नाराजुलुश गरेर बुझाइएको ज्ञापनपत्रमा मजदुरको पक्षमा न्याय गर्ने हैसियत हो भने चौधरी ग्रुपलाई अन्तर्राष्टिय न्यायिक कठघरामा ल्याउन चुनौति दिइएको छ । आइएलओका नेपाल डाइरेक्टर रिचार्ड हावार्डलाई मजदुरहरुले ध्यानाकर्षण पत्र बुझाई समस्या हल गर्न तत्काल पहल नथाले आइएलओको कार्यालय घेराउ गर्ने चेतावनी दिइएको छ ।
क्रान्तिकारी पत्रकार संगठन, नेपाल उपत्यका बिशेष व्यूरो समन्वय समिति संयोजक जन्मदेव जैसीले पुँजीपतिहरुको दलालको आरोपबाट मुक्त हुने हो भने आइएलओले सिजीका मालिक बिनोद चौधरीलाई अन्तर्राष्टिय न्यायालयमा उभ्याएर देखाउन चुनौति दिए । अन्तर्राष्टिय श्रम संगठनको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउनुअघि मजदुरहरुले विगतझैं चौधरी ग्रुपको मूख्यालयमा २ घण्टा धर्ना र नारा जुलुशसहित घेराउ गरेका थिए ।
विश्वका अर्बपतिको सूचिमा परेका विनोद चौधरीको स्वामित्वमा रहेका काठमाडौं र ललितपुर तथा उपत्यका बाहिर नवलपरासीमा रहेका सिजी ग्रुप अन्तर्गतका सबै कम्पनीहरुमा विप्लव माओवादी निकट संचार प्राविधिकहरुले घेराउ गरिहेका छन् । विगत १० महिनादेखि व्यवस्थापनले बिना जानकारी कम्पनी सञ्चालन नगरी कर्मचारीलाई पनि तलव नदिई अन्यौलको स्थिति पैदा भएपछि कर्मचारीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् । घेराउ कार्यक्रम अन्तर्गत आइतवार सानेपास्थित चौधरी ग्रुपको मूख्यालय, सतुंगलस्थित चौधरी इलेक्ट्रोनिकको कार्यालयमा २÷२ घण्टा घेराउ गर्दै आएका छन् ।
०७२ भदौ ६ गते पेश गरेका १३ बुँदे माग सम्बोधनका लागि अबिलम्ब वार्ता आब्हान गरी समस्या हल गर्नुपर्ने, विगत १० महिनादेखिको पाउनुपर्ने तलव, भत्ता सम्पूर्ण कर्मचारीहरुलाई तुरुन्त उपलब्ध गर्नुपर्ने, कम्पनी विक्री भइसकेको भनी कर्मचारीलाई अलपत्र पार्ने र जसरी पनि अबकाश लिनुपर्ने भनि दिइने दवाव बन्द गरिनुपर्ने, कम्पनीलाई तत्काल सुचारु गरी वार्तामार्फत हाम्रा जायज मागहरुको छिटोभन्दा छिटो सम्बोधन गरेर सबै कर्मचारीलाई अभिलम्ब काममा खटाइनुपर्ने र माग राखेकै कारण जबर्जस्त निष्काशन गरिएका सु्रेश डंगोल र लिला रानामगरलाई तत्काल पुनःबहाली गनुपर्ने कर्मचारीको माग छ ।

प्रतिक्रियाहरु

[anycomment]