राष्ट्रियता – महेन्द्रराज सिंह

२०७३ पुष ६ गते, बुधबार

जब तिमी, आफ्नो भाषा बिर्सन्छौ ।
आफ्नो सङ्सकृती बिर्सन्छौ ।
आफ्नो कला-साहित्य बिर्सन्छौ ।
जब तिमी आफ्नो धर्म बिर्सन्छौ ।
आफ्नो जन्मभूमि भूगोल बिर्सन्छौ ।
त्यतिबेला तिमी,
सास्कृतिक आक्रमणको सिकार हुनेछौ ।
धार्मिक आक्रमणको सिकार हुनेछौ ।
ब्यापारिक आक्रमणको सिकार हुनेछौ ।
बिदेशीको हातमा रिमोट हुनेछ, ।
जन्मदादेखी मर्दासम्म चाहिने सबथोक बिदेशी हुनेछ ।
मौलिकता हराएपछी, अपनत्व नभएपछि
तिमीसङ्ग नेपाली पन हुने छैन, मन हुने छैन ।
भूगोल र राष्ट्रियताबारे उठेका आवाजहरू बकवास लाग्नेछ्न ।
मिथ्या लाग्नेछन ।
एक्काइसौं सताब्दीको दम्भ नदेखाउ !
तिम्रै अगाडि,
सिक्किम भारतमा बिलय भयो ।
क्रिमिया रूसमा बिलय भयो ।
अन्त्यमा, जब सत्रुले राजनीतिक हमला गर्नेछ ।
तिमी नेपाली हुने छैनौ, जब तिम्रो भेष हुने छैन ।
तिम्रो भूगोल हुने छैन, अनि तिम्रो आफ्नो देश हुने छैन ।
तिम्रो राष्ट्रियता मशानघाट पुग्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार