माओवादीका दर्जनौ कार्यकर्ता पक्राउ

काठमाडौं, ७ पुस । नेकपा (माओवादी ) ले आज उपत्यका बन्द गरेको छ । उपत्यका बन्दको क्रममा माओवादीका दर्जनों कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई राजधानीका विभिन्न क्षेत्रबाट बिहान ४ बजे नै पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बागबजार क्षेत्रबाट ५ जना, बबरमहल क्षेत्रबाट ३ तथा नयाँ बजार क्षेत्रबाट ३ जनालगायत उपत्यकाका बिभिन्न क्षेत्रवाट दर्जनों बन्दकर्ता पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा कृष्ण सेवा, केस सन्जेल, प्रदिप जंग शाही, लोकेश विश्वकर्मा, राम बहादुर विश्वकर्मा, सुरज खड्का, राजन गिरी, सरोज पराजुली लगायत छन् । पेट्रोलियम पदार्थमा भएको मुल्यबुद्धिको विरोधमा माअोवादीका जनवर्गीय संगठनले आज उपत्यका बन्दको घोषणा गरेको हाे ।