‘लोकमान नामुद भ्रष्ट र दलाल भएकाले कारवाही’

काठमाडौँ, ८ पुस । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की नामुद भ्रष्ट र दालाल भएका कारण कारवाही स्वरुप कालोमोसो लगाएको बताएका छन् । बिहीबार दिउँसाे सर्वाेच्च परिसरमा लगाइएकाे कालाेमाेसाे घटनाकाे जिम्मा लिँदै सिंहले भने, ‘राष्ट्रियता, जनतन्त्र र जनजिबीकाको पक्षमा र भ्रष्टाचार, कालोबजारी, महंगी र दलालतन्त्रविरुद्ध संघर्ष गर्दै आएको संगठन हो, कार्की पनि यही भित्र पर्ने भएकाले कारवाही गरेका हौँ ।’
नेकपा (माअाेवादी)निकट अखिल क्रान्तिकारीका अध्यक्ष सिंहले अनलाइन डबलीसँग कुराकानी गर्दै कारवाहीको क्रममा संगठनका केन्द्रीयहरु सदस्य प्रकाश शाही र चन्द्र बुढालाई प्रहरीले गिरफ्तार गरेको भन्दै विना शर्त रिहा गर्न माग समेत गरे ।