गयो देश माफीयाहरुको हातमा – हस्तवहादुर केसी

२०७३ पुष ९ गते, शनिबार

हेर्दाहेर्दै गयो देश माफीयाहरुको हातमा
देख्दादेख्दै छैन देश नेपालीहरुको साथमा

हेर्दाहेर्दै गयो देश भ्रष्ट कमिशनखोरको पञ्जामा
भन्दाभन्दै फस्यो देश महाप्रभुहरुको फन्दामा

देशको राजनीति चलाउने ठेकेदारहरु
देशको अार्थिक बनदबस्ती मिलाउने गभर्नरहरु
भए सबै विदेशीका दलाल र कठपुतली
नेपालका अाजसम्मका शासकहरु
भए सबै विदेशीका नोकर र अर्दली मात्र

केही छैन जिम्मेवारी उनिहरुलाई दलाल भएको नाताले
उनिहरुल त भ्रष्टाचार गर्न पाए पुग्यो
उनिहरुले त कालो बजारी गर्न पाए पुग्यो
उनिहरुले त कमिशन खान पाए पुग्यो

उनिहरुले त नदीनालाहरु बेच्न पाए पुग्यो
उनिहरुले त साँधी सिमाना बेच्न पाए पुग्यो

किनकि उनिहरु त दलाल हुन्
उनिहरु त नोकर चाकर र अर्दली मात्र हुन्
दिल्ली दरवारबाट नियुक्ति पाएका

त्यसो भएर
उनिहरुलाई देशको के माया ?
उनिहरुलाई जनताको के चिन्ता

उनिहरुलाई त
मालिकहरुको चाकरी गर्न पाए पुग्यो
उनिहरुलाई त
महाप्रभुहरुका सामु
लम्पसार गर्न पाए पुग्यो

किनकि उनिहरु त नोकर चाकर न परे
किनकि उनिहरु त दलाल र लम्पसारवादीहरु न परे
दलाल , नोकर र लम्पसारवादीहरुको त
कर्तव्य नै यही हो

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार