इन्डोनेसियामा अापतकाल
काठमाडाैँ, ९ पुस । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इन्डोनेसियाको नुसा तेङगारा क्षेत्रमा आएको भिषण बाढीका कारण एक लाखभन्दा बढी विस्थापित भएका छन् । इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन निकायले बाढीकै कारण मुख्य विमानस्थल पनि बन्द भएको जनाएको छ ।
बाढीले झण्डै २० हजार ओटा घर, ६० ओटा स्वास्थ्य संस्थाहरु र दुई ओटा पुललाई क्षती पुर्याएको विपद् व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिए । भिषण बाढी आएपछि सञ्चार र विद्युत सेवासमेत अवरुद्ध भएको छ । सरकारले आउदो जनवरी चार सम्मका लागि आपतकालिन समय घोषणा गरेको छ ।