‘पार्टीको पुर्वयोजना अनुसार कार्कीलाई कालोमोसो दलिएको हो’

२०७३ पुष ९ गते, शनिबार

काठमाडौं, ९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने एक युवाले पार्टीको पूर्व योजना अनुसार कार्कीलाई आफूहरुले कालोमोसो दलेको बताएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टेकुस्थित कार्यालय परिसरमा कुराकानी गर्दै माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश शाहीले भने, ‘भ्रष्टाचारीहरुलाई कारबाही गर्ने क्रममा उहाँ निसानामा पर्नुभएको हो। पार्टीको पुर्वयोजना अनुसार कार्कीलाई कालोमोसो दलिएको हो। सवै जिम्मेवारी पार्टीले लिइसकेको छ। पार्टीले भ्रष्टाचारीहरुको कालोसूचीमा कार्कीलाई पारेकोले हामी कालोमोसो दल्न उनीसँगै सोही पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य चन्द्रवहादुर वुढालाई पनि प्रहरीले विहीबार नियन्त्रणमा लिएकोमा ७ दिन सम्म थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले प्रहरीलाई अनुमति दिइसकेको छ।
दाङ घर भई केही दिन अघि मात्रै काठमाडौं आएका शाही अखिल क्रान्तिकारीका केन्द्रिय सदस्यका साथै त्रिभुवन विश्व विद्यालय क्रान्तिकारीका इन्चार्जको जिम्मेवारीमा समेत रहेका छन्। दाङ जिल्लामा दुई कार्यकाल क्रान्तिकारी बिद्यार्थीको अध्यक्षको जिम्मेवारी सम्हालेका शाही जिल्लामा भ्रष्टाचार बिरोधी अभियान चलाउँदै आएका थिए।
शाहीले दाङको बेला स्कुलमा भ्रष्टाचार भएको थाहा पाएपछि स्कुलका फाईलहरु अख्तियार सम्म पु-याउन विगतमा मदत गरेका थिए। यस्तै, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय दाङमा कार्यरत ईन्जिनियर राम दुलारी शरण भगतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहीकै पहलमा घुस रकम सहित नियन्त्रणमा लिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष हेमन्त जिसीले बताए ।
यस्तै लक्ष्मीपुर दाङमा बस्दै आएका वृद्ध विपन्न दम्पतीलाई शाहीकै संयोजकत्वमा घर निर्माण गरी पुनर्वासको व्यवस्था मिलाइएको थियो। बैद्य माओवादीमा रहनुभएका शाही बैद्य भित्र पनि दुई धार भएपछि बिप्लब माओवादीमा लागेका थिए। त्रिविको इन्चार्ज पद सम्हाल्न दुई हप्ता अघि मात्रै काठमाडौं आएका थिए। जनतन्त्र, राष्ट्रियता र पेट्रोलियम पदार्थको मुल्य वृद्धिको बिरोधमा विप्लव माओवादीले हिजो बिहीवार उपत्यका वन्द आह्वान गरेकै दिन उनले कार्कीलाई कालोमोसो दलेका हुन् । – नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]