रोबोटसँग विवाह !

२०७३ पुष १० गते, आईतवार

काठमाडौं, १० पुस । आर्टिफिसिय इन्टेलिजेन्स (एआई) एक्सपर्ट डा.डेभिड लेभीले सन् २०५० सम्ममा मानिसले रोबोटसँग विवाह गर्ने दाबी गरेका छन् । डा. डेभिडलाई कि त मानिसहरु चेस खेलमा उनको शक्तिलाई चिन्छन् कि त उनको एआईसँगको दशकौं लामो संलग्नताका कारणले चिन्छन् । यिनै एआई एक्सपर्टले सन् २०५० सम्ममा मानिसहरु रोबोटसँग विवाहका लागि तयार हुने दाबी गरेका हुन् ।
‘यो त्यति टाढा छैन, प्राविधिक तथा रोबोर्टिक विकास र एआईको अनुसन्धानले यो सम्भावनालाई पुष्टि गरेको छ’, उनले भने, ‘मानिसहरु पहिल्लेदेखि नै रोबोटसँग शारीरिक सम्बन्ध कायम गर्दै आएका छन्, त्यसैले पनि अब रोबोटले मानिसलाई भावनात्मक तथा शारीरिक रुपमा सन्तुष्ट पार्ने छ भन्ने कल्पना स्वाभाविक देखिन्छ ।’ जब रोबोटहरु मानिसको सहयात्रीको रुपमा काम गर्न थाल्ने छन् तपाई के सोच्नु हुन्छ ? अबको ३३ वर्षभित्र हामी यो बिन्दुसम्म पुग्ने छौं । माट म्याक मुलेनको रियल डल निर्माता कम्पनी एविस क्रियसनले पनि यो सम्भावनालाई स्वीकार गरेको छ । म्याक मुलेनले भनेका छन्, ‘पछिल्लो समय मानिसहरु भावनात्मक रुपमा रियल डलसँग नजिकिएका छन् ।’ – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]