१२४ औं माओ दिवस मनाइदै

काठमाडौँ , ११ पुस । चिनियाँ नयाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्म दिवस संसारभरका कम्युनिष्ट पार्टीहरुले मनाई रहेका छन । यसैक्रममा नेपालमा रहेका विभिन्न कम्युनिष्ट घटकले माओ–त्सेतुङको जन्म दिवस को पूर्ब सन्ध्यामा अाइतबार १ सय २४ औं माओ दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् । २६ डिसेम्बर सन् १८९३ मा माओको जन्म चीनको हुनान प्रान्तको साओसानमा भएको थियो । माअाे दिवसलाई नेकपा (माओवादी )ले काठमाडाैँका साथै देशका विभिन्न ठाउँहरुमा मार्च पास गरेर मनाएकाे छ । माओवादीका स्थायी समिति सदस्य तथा केन्द्रीय जनपरिषद् संयाेजक सन्ताेष बुढाकाे नेतृत्वमा मार्चपास गरिएकाे थियाे ।
माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको चीनलाई दीर्घकालीन जनयुद्धमार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी मुक्त तुल्याए र समाजवादी क्रान्तिको प्रक्रियामा सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त प्रतिपादन गरी महान् सर्वहारा सांस्कृतिक क्रान्ति अगाडि बढाए । माओले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकासमा गरेको योगदान सार्वभौमिक छन् । माक्र्सवाद–लेनिनवाद–माओवादको त्यसैको परिणाम हो । आज विश्व र नेपालमा पनि एकातिर साम्राज्यवाद र अर्कोतिर दक्षिणपन्थी संशोधनवादको हैकम बढ्दै गएको तथा विश्व र नेपालमा पनि क्रान्तिले गम्भीर धक्का खाएको अवस्था छ । आजको आवश्यकता क्रान्तिकारी पार्टी निर्माण तथा ध्रुवीकरणको प्रक्रियालाई अगाडि बढाउनु र एकीकृत जनक्रान्तिलाई समृद्ध तुल्याउँदै नयाँ जनवादी क्रान्तिको बाटोमा अघि बढ्नु हो । वास्तवमा माओलाई सम्झनुको अर्थ एकीकृत जनक्रान्तिको कार्यदिशालाई पक्रँदै क्रान्तिको मार्गमा अघि बढ्नु हो । हामीपनि माओको १२४ औं दिवसको यो महान् अवसरमा हामी कमरेड माओप्रति विशेष स्मरण र सम्मानका साथ अभिवादन गर्न चाहन्छौँ ।