‘प्रचण्ड र बाबुराम काल्पनिक समाजवादी’

काठमाण्डौ ,११ पुस । नेकपा (माओवादी)का स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई काल्पनिक समाजवादी भएको बताएका छन् । अक्टोबर क्रान्तिको सत्वार्िाकी र माओको जन्मोत्सवका अवसरमा नेकपा (माओवादी) कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई काल्पनिक समाजवादीको आरोप लगाएका हुन् ।
आध्यात्मवाद र भौतिकवाद एउटै विषय बनाउन खोजेका बाबुराम भट्टराईलाई प्ष्पकमल दाहालले पछ्याईरहेको आरोप लगाउँदै उनले “वहुलवाद स्वीकारेका बाबुराम र पुष्पकमल दाहालले राजनीक क्रान्ति भैसक्यो, अहिले राजनीतिक क्रान्ति आवश्यक छैन, अहिलेको अवस्थामा आर्थिक क्रान्ति नै मुख्य कुरो हो भन्नु”लाई काल्पनिक समाजवादी भएको आधारका रुपमा प्रस्तुत गरे ।
नेपालमा हालसम्म भनिएका “माक्र्सवाद ” सक्कली नभएको दाबी गर्दै बौद्धिक व्यक्तित्वका धनी नेता ओलीले विगतमा माक्र्सवादी कुराहरु भन्दै नचाहिने र भढ्काउने क्राहरु राखेर संसदीय व्यवस्थामा पुर्याइएकाले नेपालमा प्रतिक्रान्ति भएको जिकिर गरे । संसदीय व्यवस्थाले मुलुकका समस्याहरुका समाधान नहुने भएकाले उत्पीडित तथा सर्वहारावर्ग र मध्मवर्गको सहभागितमा हुने सांस्कृतिक क्रान्तिसहितको एकीकृत जनक्रान्तिले नेपालमा सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने दाबी गरे ।
मुलुकमा रहेको असमानता र विभेद समाप्त पार्न एकीकृत जनक्रान्तिमार्फत् क्रान्तिको ज्वारभाटा ल्याउन आवश्यक रहेको कुरामा जोड दिंदै नेता सुदर्शनले नेपालमा हुने ज्वारभाटासहितको एकीकृत क्रान्तिमा समाहित भएर सहयोग गर्न आम बुव्द्धिजीवि, मजदूर, किसान लगायतका उत्पीडित वर्गलाई आव्हान गरे ।
कार्यक्रममा नेकपा )माओवादी) की केन्द्रीय सदस्य एवं गण्डक ब्युरो इञ्चार्ज सावित्री दुरा ‘आस्था’, कास्की जिलला सेक्रेटरी पुर्णजीत पुन कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारी”जगनबा” राष्ट्रिय जनमोर्चा नेपाल गण्डकी धवलागिरी ईञ्चार्ज शंकर बराल , वामपन्थी नेता टेकनाथ बराल, वामबुद्धिजीवहरु भवानी पाण्डे, सुरेन्द्र थापामगर, प्राध्यापक परशुराम कोइराला र हिमलाल पराजुली लागतले पनि बोलेका थिए ।