त्रिविको दीक्षान्त समारोह पुस १४ गते

२०७३ पुष १२ गते, मंगलवार

काठमाडौँ, पुस १२ गते । त्रिभुवन विश्वविद्यालयको ४२औँ दीक्षान्त समारोह आगामी पुस १४ गते आयोजना गरिने भएको छ । त्रिवि इञ्जिनियरिङ क्याम्पस पुल्चोकको खेल मैदानमा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह गर्ने तयारी विश्वविद्यालयले गरेको छ ।
त्रिवि परीक्षा नियन्त्रक केशव बास्तोलाका अनुसार यसपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुनका लागि योग्य भएका छन् । यसपटक ८३ हजार ४२५ जना विद्यार्थी दीक्षित हुन योग्य भएको जनाइएको छ । दीक्षित हुन योग्य भएकामध्ये दीक्षान्त समारोहमा सहभागी हुनका लागि नौ हजार ७३४ जनाले आवेदन भरेको जानकारी परीक्षा नियन्त्रक बास्तोलाले दिए ।
यसपटक विभिन्न तहको परीक्षा छिटो सञ्चालन गरी नतिजाको प्रकाशन र ट्रान्सकिपसमेत वितरण गरिएका कारण धेरै विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन योग्य भएको जानकारी दिइएको छ ।
विद्यार्थीलाई पुल्चोक क्याम्पसको खेलमैदानस्थित प्रमाणपत्र काउन्टरबाट प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाइएको छ । दीक्षान्तमा उपस्थित हुन नसक्ने विद्यार्थीलाई पनिका बल्खुबाटै वितरण गरिनेछ । दीक्षान्तमा विभिन्न तहमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीलाई पदक तथा प्रमाणपत्र वितरण गर्ने गरिन्छ । दीक्षान्त समारोह सफल बनाउन आवश्यक सबै तयारी भइरहेको जानकारी परीक्षा नियन्त्रक बास्तोलाले दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु