बी एण्ड बी नर्सिङ कलेजमा अखिल क्रान्तिकारीकाे संगठन
काठमाडाैँ, १२ पुस । नेकपा (माअाेवादी)निकट अखिल क्रान्तिकारीले काठमाडाैँकाे सातदाेबाटाेस्थित बी एण्ड बी नर्सिङ कलेजमा संगठन निर्माण गरेकाे छ ।
पूर्वाअञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएकाे बी एण्ड बी हस्पिटलले संचालन गरेकाे उक्त कजेलमा मंगलबार भएकाे भेलाले बिना थापाकाे अध्यक्षतामा ११ सदस्यी इकाइ कमिटी गठन गरेकाे छ ।
भेलाले उपाध्यक्ष, दुर्गा धिताल, सचिव सुजिता खरेल, सह–सचिव पुष्पा घर्तिमगर, कोषाध्यक्ष कोपिला तामाङलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा प्रिंका पाण्डे, रुक थापा, दिनिता सुवेदी, अर्जीना तमाङ, सम्झना लामा र प्रतिभा भट्टराई रहेका छन् ।