सुगाले पोल खोलेपछि ….

२०७३ पुष १३ गते, बुधबार

काठमाडौं । मानिसको जस्तै बोली निकाल्न सक्ने हुनाले पंक्षी जगतमा सुगालाई विशेष महत्व दिइन्छ । मानिसले जे बोल्यो त्यही शव्द र वाक्यको नक्कल गर्न सक्ने हुनाले सुगालाई पिंजडामा थुनेर उचित हेरचाहका साथ राख्नेसमेत गरिन्छ । नेपाल मात्र होइन, विश्वका अधिकाँश मुलुकमा सुगालाई विशेष महत्वका साथ पाल्ने गरिन्छ । तर, सुगाकै कारण एक व्यक्तिको राशलीला पर्दाफास भएको तपाईं पत्याउनु हुन्छ ? हो, कुवेतमा सुगाकै कारण एक जना घर मालिक र घरेलु महिला कामदारको यौन सम्बन्ध पर्दाफास भएको छ । सुगाले उनीहरुले अत्यन्तै गोप्यरुपमा गर्दै गरेको यौन सम्बन्ध पर्दाफास गरेपछि ती घर मालिक यति तनावमा परे कि, यो केस प्रहरीसम्म पनि पुग्यो । प्रहरीमा केस हाल्ने अरु कोही होइनन्, ती घर मालिककै श्रीमती थिइन् ।
भएको के रहेछ भने, ती पुरुषले आफ्नै घरमा काम गर्ने एक घरेलु कामदार महिलासँग अवैध यौनसम्पर्क राख्ने गरेका रहेछन् । यसबारे उनकी श्रीमती अन्जान थिइन् । ती पुरुष श्रीमती घर बाहिर निस्केको मौका पाउनासाथ घरेलु महिला कामदारसँग सेक्ससम्बन्धी रमाइलो कुरा गर्दै सेक्स सम्बन्ध राख्दा रहेछन् । त्यस्तो कुराकानी सुगाले नजिकै बसेर सुनिरहन्थ्यो ।
एकदिनको कुरा हो, ती व्यक्तिकी श्रीमती बाहिरबाट घर आइन् । सुगाले उनीहरुबीचको अन्तरंग सेक्स सम्वाद बोलिरहेको थियो । उनले चाख मानेर सुनिन् । जब पूरा कुरा सुनिन्, उनले आफ्नो श्रीमान र महिला कामदारबीच यस्तो सम्वाद भएको र अवैध यौन सम्पर्क पनि रहने गरेको निचोडमा पुगिन् । त्यसपछि उनी आफ्नो सुगालाई प्रमाणको रुपमा लिएर प्रहरी चौकीमा उजुरी गर्न पुगिन् । तर, प्रहरीले सुगाको बोलीलाई सबूत प्रमाणको रुपमा लिन मानेन । प्रहरीले सुगाले घरमालिक र महिला कामदारबीचको सेक्स सम्वाद बोलेकै आधारमा अदालतमा प्रमाणित गर्न नसकिने जिकिर ग-यो । सुगाले कुनै फिल्म वा भिडियोमा देखेर पनि त्यस्तो बोलेको हुनसक्ने प्रहरीको तर्क थियो । प्रहरीको तर्कका कारण घर मालिक जोगिए भने उनकी श्रीमती हेरेको हे-यै भइन् । -राजधानी दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]