सडक विस्तारविरुद्ध आन्दोलन
काठमाडौं, १४ पुस । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले अदालतको आदेश र स्थानीय वासिन्दाको भावनाविपरीत सरकारले उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जनताको निजी घर तथा जग्गाको उचित मुआब्जा प्रदान गरेरमात्र सडक विस्तार गर्न सरकारसँग माग राखेका छन् ।
यस्तै, सडक विस्तार गर्दा कानुनी प्रक्रिया अपनाउनुपर्ने, सडक विस्तारबाट विस्थापित भएकाहरुलाई पुनर्वासको व्यवस्था गर्नुपर्नेलगायतका १० बुँदे मागहरु पनि उनीहरुले अघि सारेका छन् । यी माग पूरा नभएको भन्दै उनीहरुले यही पुस २० गतेसम्मका लागि उपत्यकाव्यापी विभिन्न विरोधका कार्यक्रम पनि अघि सारेका छन् ।