विमान चालक नशामा भेटिएपछि …
काठमाडौं, १६ पुस । इन्डोनेसियाली एक विमान कम्पनीको विमान उडानका लागि तयारी गरिरहेकाबेला विमानचालक नशामा भेटिएको भन्ने आरोपपछि आरोपित विमानचालकलाई उक्त विमान कम्पनीले निष्कासन गरेको छ । विमानचालक टेकाड पुर्नलाई इन्डोनेसियन बजेट एअरलाइनले सुरावयाबाट आन्तरिक उडानमार्फत् एअरबस ३२० मा यात्रा गर्न लागेका एक यात्रीको बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो । बुधबार विमान उड्नै लाग्दा चालकमाथि नशामा रहेको शंका व्यक्त गर्दै विमानबाट झरेपछि अर्को चालकमार्फत् उडान गर्न उनले अनुरोध गरेका थिए । विमानचालकले विमान उडाउने तयारी गरिरहेकाबेला उनको बोली प्रस्ट नभएपछि यात्रीले चालकमाथि शंका व्यक्त गरेका हुन् ।
यसैबीच, सीटी लिंक कम्पनीका निर्देशक तथा अध्यक्ष अल्बर्ट बुरहान र उत्पादन निर्देशकले पनि उक्त विषयमा आफू दोषी रहेको स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन् । – रासस/एपी