अखिल क्रान्तिकारीद्वारा मन्टेश्वरी र ललितकलासम्बन्धी तालिम आयोजना

२०७३ पुष १८ गते, सोमबार

काठमाडौं, १८ पुस । नेकपा ( माओवादी) निकट अखिल (क्रान्तिकारी) का उपत्यका सयोजक लोकेश बिश्वकर्माले राष्ट्र गम्भिर संकट हुदा ब्यक्ति जतिसुकै क्षमतावान र दक्ष भए पनि त्यसको कुनै सम्मान नहुने बताएका छ्न । अहिलेको राज्य ब्यवस्थाको कारणले लाखौ युवा बिधार्थी बिश्वबजारमा मुल्यहिन श्रमिक बन्न बाध्य भएको भन्दै शैक्षणीक तालिमहरु बाट ज्ञान सिप हासिल गरेर मात्र हुदैन शोषण गर्ने प्रवृत्तिको राज्य ब्यवस्था बदल्ने गरी सोच्नु अनिवार्य भएको बताएका छ्न। कार्यक्रममा बोल्दै बिश्वकर्माले आज सचेत बिद्यार्थीले मन्टेश्वरी तालिमले मात्र पुग्दैन यदि स्वाधीनता खरिद बिक्रि हुने देखियो भने माटोको रक्षाका लागी सैन्य तालिम लिन पनि तयार हुनुर्ने धारणा राखेका थिए । अखिल क्रान्तिकारी पाटन संयुक्त क्याम्पस समितिले जाडो बिदालाइ ध्यानमा राखेर एक महिने मन्टेश्वरी र ललितकला सम्बन्धी तालिम उद्घाटन गर्दै उत्त कुरा बताएका हुन ।
१०० जना बिद्यार्थीलाइ एक महिना सम्म यो तालिम प्रदान गर्ने क्रान्तिकारीले बताएको छ । कार्यक्रममा ललितपुर जिल्ला संयोजक जि पि चौलागाइ बोलेका थिए भने एकाइ संयोजक राम बहादुर तिरुवाले सन्चालन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु