भैरव पुरस्कार चट्याङ मास्टरलाई

२०७३ पुष २० गते, बुधबार

काठमाडौँ, २० पुस । प्रसिद्ध हास्यव्यङ्ग्यकार स्व भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार चट्याङ मास्टर (कृष्णमुरारी गौतम) लाई प्रदान गरिने भएको छ । त्यसैगरी, भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सोमबार बसेको बैठकले भैरव प्रतिभा पुरस्कार पोखराका शेषराज भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रत्येक दुई वर्षको अन्तरालमा दिइने भैरव पुरस्कारको राशि रु ५० हजार तथा भैरव प्रतिभा पुरस्कारको राशि रु २५ हजार रहेको छ ।
गुठीका सचिव वसन्त रिजालले गौतम तथा भट्टराईलाई २०७१–०७२ सालका लागि उत्कृष्ट हास्य व्यङ्ग्यकारका रुपमा पुरस्कृत गर्न लागिएको जानकारी दिनुभयो । अर्यालकै स्मृतिमा आयोजना गरिएको काठमाडौँ क्षेत्र नं २ र ३ स्तरीय माध्यामिक विद्यालयबीच हास्यव्यङ्ग्य प्रतियोगितामा विजयीको नाम पनि गुठीले घोषणा गरेको छ । सबै पुरस्कार यही पुस २९ गते एक कार्यक्रमबीच वितरण गरिने गुठीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार