बलिउड अभिनेता ओम पुरीको निधन
काठमाडौं, २२ पुस । बलिउड अभिनेता ओम पुरीको ६६ को उमेरमा आज मुम्बईस्थित आफ्नै निवासमा निधन भएको छ । आज बिहान सुतिरहेकै अवस्थामा उनी मृत भेटिएका थिए । पद्मश्री अवार्ड विजेता पुरीले आक्रोस, अर्ध सत्य, गुप्त, जाने भी दो यारों, चाची ४२० लगायतका फिल्ममा अभिनय गरेका थिए । घायल रिटर्न उनको पछिल्लो फिल्म हो । पुरीले सन् १९७६ मा मराठी फिल्म घासीराम कोतवालाबाट करिअर सुरु गरेका थिए ।