काठमाडौंमा सडक भासियो

२०७३ पुष २४ गते, आईतवार

काठमाडौं, २४ पुस । काठमाडौंको नक्साल भगवतीबहालमा सडक भासिएको छ । डबल ट्री नामक होटलको निर्माणाधीन भवनले सडक सतहभन्दा निकै तलसम्म खनेको र त्यसैले सडक भासिएको स्थानीयको भनाइ छ । उक्त तारे होटल निर्माणका क्रममा आइतबार बिहानै सडक भासिएपछी यातायात सेवा अवरुद्ध बनेको छ । यसबाट आफूहरु त्रासमा रहेको उनीहरुले बताए । भवन निर्माणका लागि भूमिगत बाटो खन्ने क्रममा सडक भासिएको हो । स्थानीय बासिन्दाले सम्बन्धित घरधनी र सडक विभागको समन्वयमा तत्काल सडक निर्माण गरी मापदण्ड विपरित भवन निर्माण गरिएको भए कार्वाही गर्न माग गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार