भोलि शैक्षिक हड्ताल

२०७३ पुष २५ गते, सोमबार

काठमाडौं, २५ पुस । नेकपा (माओवादी) निकट अखिल(क्रान्तिकारी) ले सर्वोच्च अदालतपरिसर भित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने कार्यकर्ताको रिहाइको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । सोहि कार्यक्रम अन्तरगत पोखराको पृथ्वीनारायण क्यामपस गेट अगाडि अखिल(क्रान्तिकारी)ले विरोध सभाको आयोजना गरेको थियो। सभालाई सम्बोधन गर्दै गण्डक व्युरो प्रमुख प्रकाश बिकले आफ्ना सहयोद्दालाई तुरुन्त बिना सर्त रिहाईको माग गरे। उनले लोकमानसिहमात्र होइन देशलाई लुटेर खोक्रो बनाउने जो सुकै दलाललाई माओवादीले नछाड्ने र शैक्षिक माफियाहरुको समेत सङठनले कारवाहीको लिस्ट तयार पारेको बताए ।
नेकपा(माओवादी) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु चन्द्र बुढा र प्रकाश शाहीले अदालत भित्रै कार्कीमाथि कालोमोसो दलेका थिए । उनीहरुलो अदालत परिसरबाटै पौष ७ गते पक्राउ गरिएको थियो । सर्वोच्च अदालतले सार्वजनिक अदालतको अबहेलना मुद्दा चलाइएको छ ।
क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पुर्ण बहादुर सिंहले जारी गरेको बिज्ञप्तीमा संघर्षका कार्यक्रम सार्वजनिक गरि सकेको छ।
आन्दोलननको कार्यक्रम अनुसार यही पुस २६ गते शैक्षिक हड्ताल गर्ने बताइएको छ । केन्द्रिय कार्यक्रम अनुसार कास्कीमा पनि अखिल(क्रान्तिकारी)ले आज पृथ्वीनारायण क्यामपस बाहिर आफ्ना योद्धाहरुको रिहाईको माग गर्दै विधार्थी प्रदशन गरिएको र कास्कीमा पनि २६ गतेको शैक्षिक एक दिने आम शैक्षिक हड्ताल घोषणा गरेको केन्द्रिय सदस्य तथा कास्की उपाध्यक्ष आश गुरुङ्ले बताए।यति दवाव दिदा पनि नटेरे यो निकम्मा दलाल संसदीय व्यवस्थाको विरुद्द दोस्रो चरणको आन्दोलन गर्ने गुरुङको चेतावनी थियो।

प्रतिक्रियाहरु

[anycomment]