बास्तोलाको स्वास्थ्यमा अप्रत्यासित सुधार

२०७० असार ७ गते, शुक्रबार

काठमाडौं ७ असार । नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री चक्रप्रसाद बास्तोलाको स्वास्थ्यमा अप्रत्यासित सुधार भएको देखिएको छ ।
मस्तिष्क पक्षपात भएर लामो समयदेखि काठमाडौंको नियुरो अस्पतालमा उपचार गराईरहेका बास्तोलाले मान्छे चिन्न थालेका छन् । परिवार स्रोतका अनुसार आँखाको इशाराबाट मान्छे चिन्न थालेका छन् ।
औंला चलाउनुहोस् भने पछि चलाउनु हुन्छ मान्छे देखाएर नाम भन्यो भने चिने नचिनेको आंखाबाट संकेत गर्नु हुन्छ परिवार स्रोतले बताएको छ ।गृह जिल्ला झापामा रहेका बेला मस्तिष्कघात भएका बास्तोलालाई भारतको मेदान्त अस्पतालमा उपचारकालागी भर्ना गरिएको थियो । त्यहां सुधार नभएपछि नेपाल ल्याएर नर्भिक अस्पत्तालमा राखिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार