हिलेका सुकुम्बासीको उठिबास
काठमाडौं, २६ पुस । धनकुटाकाे हिलेका सुकुम्बासीको उठिबास भएको छ । सरकारले हिजो करिब ५० घरपरिवारका टहरमाथि डाेजर लगाएपछि उनीहरुकाे उठिबास भएकाे हाे । विगत २५ वर्षदेखि साेही स्थानमा बस्दै अाएका उनीहरुकाे विचल्ली भएकाे छ । गर्मी माैसममा समेच जाडाे हुने हिलेका सुकुम्बासी खुला अाकाशमुनि राति बिताउन बाध्य भएका छन् । चिसाेका कारण बालक-बद्धाहरु बिरामी परेका छन् । टहराभित्र रहेका खाद्यान्न र सत्ताकपड पुरीएपछि उनीहरुलाई थप समस्या भएकाे छ । सुकुम्बासीहरु भाेकै चिसाेमा रात दिन बिताइरहेका छन् ।