‘उत्तर कोरियाको मिसाइलले चुनौती नदिएसम्म खसाल्नु जरुरी छैन’
काठमाडौं, २७ पुस । अमेरिकी रक्षामन्त्री एस चार्टरले उत्तर कोरियाको मिसाइलले चुनौती नदिएसम्म यसलाई खसाल्नु जरुरी नभएको बताएका छन् । उनले अमेरिकी सेनाले मिसाइललाई अवरोध सिर्जना गर्नभन्दा सूचना संकलन गर्न चाहेको बताए ।
राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले ‘उत्तर कोरियाली मिसाइलले अमेरिकासम्म मार हान्ने आफूलाई विश्वास नलागेको’ बताएपछि रक्षामन्त्री चार्टरको यस्तो भनाइ सार्वजनिक भएको हो । तर, ट्रम्पले उत्तरको योजनालाई कसरी रोक्ने भन्ने केही खुलाएका छैनन् । उत्तर कोरियाली शासक किम जोङ उनले नयाँवर्षको सन्देशमा लामो दूरीको अन्तरमहाद्विपीय मिसाइल विकास गरिरहेको दाबी गरेका थिए । – एजेन्सी