आजबाट श्री स्वस्थानी ब्रत सुरु
काठमाडौं, २८ पुस । आजपौष शुक्ल पूर्णिमा, हिन्दू धर्माबलम्बीहरुले आजदेखि श्री स्वस्थानीको ब्रत सुरु गरेका छन् । श्री स्वस्थानीको ब्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । माघ शुक्ल पूर्णिमासम्म हुने ब्रत अवधिमा हरेक दिन नित्य मध्याह्न कालमा भगवान शिवको आराधना गरिन्छ । यस अवधिमा माछा मासु नखाई नुहाई धुवाई गरी एकचित्त बनी एक छाक चोखो खाएर ब्रत बस्ने चलन छ । आजैदेखि काठमाडौंको शाली नदीमा एक महिने मेला लाग्दछ ।