सिंहदरबार पुनःनिर्माणका लागि अध्ययन टोली बन्ने

२०७३ माघ ४ गते, मंगलवार

काठमाडौँ, ४ माघ । सिंहदरबारको पुनःनिर्माणबारे अध्ययन गर्न विज्ञहरू सम्मिलित समिति गठन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार युनेस्को र जापानी संस्था जाइकाले प्राविधिक सहयोग गर्दै सिंहदरबार नभत्काएरै पुनःनिर्माण गर्न सकिन्छ भन्ने विषयमा चासो समेत दिएका र स्वदेशी विदेशी पुरातत्वविद् र विज्ञले यसप्रति चासो देखाएकोले सोमबार प्राधिकरणमा बसेको बैठकले विज्ञ सम्मिलित समिति गठन गरेर यसको राय लिने निर्णय गरेको हो ।
सहरी विकास मन्त्रालयले गरेको अध्ययनअनुसार सिंहदरबार भत्काएरै पुनःनिर्माण गर्नुपर्छ भन्ने प्रतिवेदन यसअघि पुरातत्व विभागलाई दिइएको थियो तर यसमा असहमति जनाउँदै विभागले नभत्काईकनै सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ भन्ने मत राख्दै आएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार