सडक विस्तार बिरुद्ध आन्दोलन

२०७३ माघ ४ गते, मंगलवार

काठमाडौँ, ४ माघ । सडक डिभिजन कार्यालयले जबरजस्ती सडक विस्तार गर्न लागेको भन्दै मकवानपुरको हेटौंडा नगरपालिकाका स्थानीय आन्दोलित भएका छन् । सडक डिभिजन कार्यालय मकवानपुरले हेटौंडाको मूल सडकको बीचबाट २५-२५ मिटर दायाँ–बायाँ अतिक्रमण गरी बनाइएका घर-टहरा हटाउन सूचना सार्वजनिक गरेपछि प्रभावित घरधनी तथा व्यवसायी आन्दोलित भएका हुन् ।
उनीहरुले सरकारले गैरकानुनीरुपमा जबरजस्ती सुकुम्बासी बनाउन खोजेको आरोप लगाएका छन् । हेटौंडाको राप्तिरोड र चौकीटोलदेखि पशुपति नगरसम्मका २ हजार घरधनी तथा करिव ५ हजार व्यवसायीले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विना मुआब्जा घर भत्काउन नदिने चेतावनी उनीहरुले दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]