यातयात प्रमुखमाथि कालोमोसो

काठमाडौं, ४ माघ । नेकपा (माओवादी) ले लाइसेन्स वितरणमा अनियमितता गरेको, सेवाग्राहीलाई अनावश्यक झन्झट दिएको, ट्रायल फेल भएकाहरुलाई समेत घुस खाएर लाइसेन्स दिएको भन्दै यातयात प्रमुखलाई कालोमोसो दलेका छन । माओवादी सिराहाले सगरमाथा यातयात व्यवस्था कार्यालयका प्रमुख योगेश्वर खनालमाथि घुस खाएर लाइसेन्स दिएकोले कालोमोसो दलेको बताएको छ । २५ हजारका दरले पैसा खाएर ७५ बढी ट्रयाक्टरहरुको लाइसेन्स बनाएको तथा पदको दुरुपयोग गरि लाइसेन्स वितरणमा लाखौं भ्रष्टाचार गरेकोले आफ्नो पार्टीले खनालमाथि जानकारी गरेको नेकपा माओवादीले विज्ञप्ति मार्फत जनाएको छ । यस बिषयमा नेकपा (माओवादी)सिराहाले जारीगरेको प्रेस बक्तब्य यस प्रकार रहेको छ –