फर्केर हेर – इन्दिरा गुरुङ

सुन्दर देश नेपाल हाम्रो प्राण भन्दा प्यारों छ उति नै गर्व छ हामीलाई
देश सिध्याउने नालायक भ्रष्टाचारीहरु एक चोटी फर्केर हेर आफ्नो आमालाई
सतिले सरापेको देश भन्दै सबै रमिता हेर्ने मानिस रहेछन
नेताको मतिले बिग्रिएको भन्न नसकि माता सतिलाइ दोस दिन्छन
देश बनाउन पठाएकहरु आफ्नै गोजी भर्नमा तल्लिन छन
जो होचो उसैको मुखमा घोचो हुनेहरुको रुप -रंग सधै मल्लिन छन
छिमेकी घरको प्रगति देखी इर्ष्या लागे दाजुभाइ फुटाए पुग्छ
नटोक्ने कुकुर बेसि भुक्ने र नगर्ने नेता भाषण मात्र फुक्छ
अर्थमन्त्री अर्थसंग अनबिज्ञ छन,स्वाथ्य मन्त्री स्वास्थ्यसंग
अनि कसरी देशको बिकास गर्ने त हुने नै भयो नि अंगभंग
जलस्रोतमा दोस्रो धनि देश रे अन्धकार अनि खडेरीले बेहाल छ
वरिपरि तालैताल छन, बुद्ध जन्मेको देश बुद्धिकै अनिकाल छ