इन्टरपोल सम्मेलन हुदै
काठमाडौं, ५ माघ । आजदेखि अन्तराष्टिय प्रहरी संगठन इन्टरपोलको एसिय प्रशान्त क्षेत्रीय सम्मेलन सुरु हुदै छ । काठमाडौंमा हुने तीन दिने सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका केही गृहमन्त्री र ५५ देशका प्रहरी प्रमुख सहित २ सय ५० जना भन्दा बढीको सहभागिता हुने बताइएको छ ।
सम्मेलनमा अन्य विभिन्न सम्बन्धित संघ संस्थाहरुले पनि सहभागिता जनाउने नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआइजी विज्ञानराज शर्माले जानकारी दिए ।
उक्त सम्मेलनमा मानव बेचविखन, बालबालिका विरुद्ध हुने अपराध, सीमा सुरक्षा व्यवस्थपन, सम्मावर्ती अपराधहरु, अन्तराष्टिय आतंकवाद,साइबर अपराध, वन्यजन्तु लगायतका विषयमा छलफल हुने छ । सम्मेलनमा छलफल गरिने मुख्य एजेन्डाहरु इन्टरपोलका महासचिवले तय गर्ने व्यवस्था रहेको छ । तीन दिने सम्मेलनलाई सफल बनाउनका लागि अपराध विभागका प्रमुख एआइजी शर्माको नेतृत्वमा सात सदस्यीय मूल समिति समेत गठन गरिएको छ ।