मन्त्रिमन्डल पुन: विस्तार
काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथोपटक मन्त्रिमन्डल विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराइन् । नवनियुक्त मन्त्रीहरुमा समाजवादी पार्टीका अध्यक्ष एवं सांसद प्रेमबहादुर सिंह र अखन्ड नेपाल पार्टीका अध्यक्ष एवं सांसद कुमार खड्का छन् । सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह यसअघि पनि पटक–पटक मन्त्री भइसकेका छन् भने खड्का पहिलोपटक मन्त्री बनेका हुन् ।
समाजवादी पार्टी निर्वाचन आयोगबाट खारेजीमा परेको छ । पार्टीबाट मन्त्री हुने दुबैजना एकमात्र सांसद हुन् । यससँगै मन्त्रिपरिषद सदस्यको संख्या ४३ पुगेको छ ।