गजल – इन्दिरा प्रयास

कर्कलाको पातको पानी प्रभातसँगै सुक्नसक्छ
खुशी भन्नु त्यस्तै रै’छ थाहा नपाई लुक्नसक्छ
बचेको त्यो झिनो आशा त्यहि पनि पोखिए सि
चोखो माया बोक्ने धड्कन अनायसै रुक्नसक्छ
यस्तो लाग्छ जीवन नै आफै भित्र पिंजडा हो
मनको जंजीर फितलो भै जिन्दगानी चुक्नसक्छ
अन्योल ग्रस्त गन्तब्यमा औशी रातले ढाकेपछि
ममताले जोड्या नाता माझधारमै फुक्नसक्छ
अवसर क्यै पाए देखि नारी शिखर चुम्छन् तर
अस्मितामा धक्कालाग्दा ठाडो शिर झुक्नसक्छ