भाैतिक विज्ञान र धर्मको फ्युजन हुन्छ भन्नु बेइमानी : विप्लव

२०७३ माघ ९ गते, आईतवार

काठमाडाैँ, ८ माघ । नेकपा (माअाेवादी)का महासचिव विप्लवले कम्युनिस्ट भाैतिकवादी हुन्छन्, धर्मकाे प्रचार गर्ने रामदेवजस्ता मान्छेकाे अगाडि कान समाएर उठबस गर्ने, भाेटकाे लागि भाैतिक विज्ञान र धर्मलाई समायाेजन हुन्छ भन्ने कम्युनिस्ट हुनै नसक्ने ठोकुवा गरेका छन । उनले भाैतिक विज्ञान र धर्म फरक फरक दृष्टिकाेण भएकाले धर्मप्रति विश्वास गर्ने कम्युनिस्ट हुन नसक्ने बताएका छन् । भाैतिक विज्ञान र धर्म फ्युजन हुन्छ भन्नु बेइमानी भएकाे उनको तर्क थियो । ‘कसैलाई खुशी पार्ने नाममा नेताहरुले भैसीकाे पुजा गर्नु हुँदैन, तर कसैकाे अास्थामाथि अपमान गर्नु पनि हुँदैन,दृष्टिकाेण प्रष्टसँग राख्नु पर्छ’ विप्लवले भने । समाज र जनताकाे सेवा गर्नु नै कम्युनिष्टकाे धर्म हुने बताए ।
कार्यक्रममा बाेल्दै महासचिव विप्लवले मार्क्स,लेनिन र माअाेले प्रतिपादन गरेका सिद्धान्तले मात्र अबकाे क्रान्ति नहुँने भन्दै त्यसमा टेकेर थप सिद्धान्तकाे विकास गर्नु पर्ने बताए । अाफ्नाे पार्टीले बदलिएकाे विश्वलाई मध्यनगर गर्दै क्रान्तिकाे नयाँ सिद्धान्तकाे खाेजी गरिरहेकाे धारणा विप्लवले राखे । उनले आगामी महाधिवेशनले पार्टीकाे नयाँ विचारकाे सश्लेषण गर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]