आजबाट सहिद दिवस सप्ताह

२०७३ माघ १० गते, सोमबार

काठमाण्डौं , १० माघ । देशको लागि बलिदान दिने सहिदहरुको संझनामा प्रत्येक बर्ष मनाइदै आएको सप्ताहव्यापी सहिद दिवस कार्यक्रम आजवाट शुरु भएको छ । आज माघ १० गतेवाट माघ १६ गतेसम्म विविध कार्यक्रम गरेर सहिद दिवस मनाउने गरिन्छ। सहिदहरुको सम्झनामा २०१२ साल देखि प्रत्यके वर्ष सहिद दिवस मनाउन थालिएको हो। राणा शासनको विरोध गरेर जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट गराएको आरोपमा त्यतिबेलाको राणा सरकारले विक्रम सम्बत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्यु दण्ड दिएको थियो।
उनीहरुलाई निरंकुश जहानियाँ राणा शासन अन्त्यको अभियानका क्रममा मृत्युदण्डको सजाय दिइएको थियो ।महानगरपालिकाका अनुसार सहिद शुक्रराज शास्त्रीलाई पचलीमा माघ १० गते, धर्मभक्त माथेमालाई सिफलमा १३ गते र १५ गते गगांलाल श्रेष्ठ तथा दशरथ चन्दको शालिकमा रहेको शोभा भगवती पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको छ । माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकका लागि प्राण त्याग्ने सम्पूर्ण सहिदहरुको सम्झना गरिनेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार