प्रचण्डलाई कारबाही गर्ने चेतावनी

काठमाण्डौं , ११ माघ । नेकपा (माओवादी)का महासचिव विप्लवले प्रचण्ड सरकारले गम्भिर राष्ट्रघात र आत्मसमर्पण गरेको बताएका छन । माओवादीका महासचिव विप्लवले एक प्रेस बिज्ञाप्ती जारी गरि सो कुरा बताएका हुन् । ‘यही पुस ५ गते नेपाल र भारतका पर्यटन तथा नागरिक उड्डयन अधिकारीकाबीच हवाई ट्राफिक तथा नयाँ रुटबारे दुई दिने वैठक बसेको जानकारी आयो । वैठकमा नेपाली जनताको जानकारी विना नै यतिसम्म कि संसदको समेत अनुमति विना नेपालको एक मात्र अन्तर्राष्ट्रिय हवाई अड्डा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भारतीय हवाई सुरक्षा वल (एयरमार्सल) बस्ने स्वीकृति दिएको सम्झौता भएको जानकारी आएको छ । तर हालसम्म प्रचण्ड सरकारले यसबारे जनतालाई कुनै जानकारी दिएको छैन । यो एउटा गम्भिर राष्ट्रघात र आत्मसमर्पण हो । ‘विप्लवद्वारा जारी गरेको प्रेस बिज्ञाप्तीमा भनिएको छ ।
बिज्ञाप्तीमा नेपाल एक सार्वभौमिक देश भएकोले नेपालका सवै क्षेत्रको बलियो सुरक्षा दिने जिम्मेवारी नेपाल राज्यको हो भन्दै त्यसको जिम्मेवारी नेपालको सुरक्षा शक्तिले पूरा गर्नुपर्छ, त्यो गर्न नेपालको सुरक्षाशक्ति सक्षम पनि भएको उल्लेख छ । बिज्ञाप्तीमा यता पट्टि पुरै बेवास्ता गर्दै भारतीय एयरमार्सललाई जिम्मा लगाउनेतिर जानु नेपाली जनता र नेपाली सुरक्षा शक्तिको ठूलो अपमान भएको उल्लेख गर्दै नेपालको अन्तर्राष्ट्रिय विमान स्थालमा भारतीय एयरमार्सल राख्ने सम्झौताबारे राज्यले जनतालाई जानकारी दिन आग्रह गर्दै उक्त सम्झौता तुरुन्त खारेज गर्न माग गरिएको छ ।
विज्ञाप्तिमार्फत उक्त सम्झौता खारेजीका लागि सवै देशभक्त, राजनीतिक पार्टी, नागरिक, कर्मचारी, सेना, प्रहरी, युवा, विद्यार्थी, मजदूर सवै एक भएर सङ्घर्षमा उत्रिन आग्रह गरिएको छ भने यस्तो राष्ट्रघाती सम्झौता गर्ने दलालहरूलाई कडा कारबाही गर्ने चेतावनी समेत दिईएको छ ।
यस बिषयमा माओवादीका महासचिब विप्लवद्वारा जारी गरेको प्रेस बिज्ञाप्तीको पूर्ण पाठ यसप्रकार छ :
“यही पुस ५ गते नेपाल र भारतका पर्यटन तथा नागरिक उड्डयन अधिकारीकाबीच हवाई ट्राफिक तथा नयाँ रुटबारे दुई दिने वैठक बसेको जानकारी आयो । वैठकमा नेपाली जनताको जानकारी विना नै यतिसम्म कि संसदको समेत अनुमति विना नेपालको एक मात्र अन्तर्राष्ट्रिय हवाई अड्डा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भारतीय हवाई सुरक्षा वल (एयरमार्सल) बस्ने स्वीकृति दिएको सम्झौता भएको जानकारी आएको छ । तर हालसम्म प्रचण्ड सरकारले यसबारे जनतालाई कुनै जानकारी दिएको छैन । यो एउटा गम्भिर राष्ट्रघात र आत्मसमर्पण हो । उक्त वैठकमा नेपालका तर्फबाट पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले प्रतिनिधित्व गरेका थिए ।
सवैलाई जानकारी भएको विषय हो कि भारतले पहिलेदेखि नै नेपालको अन्तर्राष्ट्रिय हवाइ अड्डालाई आफ्नो नियन्त्रण भित्र राख्नका लागि भारतीय एयरमार्सल राख्न चाहेको थियो । उसले २०६५ सालमा हिसिला यमी प्रर्यटन मन्त्री हुँदा पनि एयरमार्सलको प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावलाई पार्टीको निर्णयमा रोकिएको थियो । आज प्रचण्ड प्रधान मन्त्री भएको बेला यो प्रस्ताव गरिनु र पास हुनु भनेको देशको लागि जनघात र राष्ट्रघात त हो नै साथसाथै लज्जास्पद र असैह्य विषय हो ।
आजको विश्वमा राष्ट्रिय सुरक्षा तथा सार्वभौमिकताका दृष्टिले हवाई अड्डा नै सवैभन्दा सम्वेदनशील क्षेत्र मानिन्छ । त्यस्तो सम्वेदनशील र प्रमुख सुरक्षा क्षेत्रबारे सहसचिव जस्तो कनिष्ठ अधिकारीले सरकारलाई नै नसोधी सम्झौता गरे होलन् भनेर विश्वास गर्ने स्थिति छैन । यसबारे पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले तुरुन्तै बोल्नुपर्छ साथै सरकारले सम्झौताको वास्तविकता नागरिक सामु जानकारीमा ल्याउनुपर्छ ।
नेपाल एक सार्वभौमिक देश भएकोले नेपालका सवै क्षेत्रको बलियो सुरक्षा दिने जिम्मेवारी नेपाल राज्यको हो । नेपालको सुरक्षा शक्तिले त्यो जिम्मेवारी पूरा गर्नुपर्छ, त्यो गर्न नेपालको सुरक्षाशक्ति सक्षम पनि छ । यता पट्टि पुरै बेवास्ता गर्दै भारतीय एयरमार्सललाई जिम्मा लगाउनेतिर जानु नेपाली जनता र नेपाली सुरक्षा शक्तिको ठूलो अपमान पनि हो । तसर्थ हाम्रो पार्टीको कडा माग छ कि नेपालको अन्तर्राष्ट्रिय विमान स्थालमा भारतीय एयरमार्सल राख्ने सम्झौताबारे राज्यले जनतालाई जानकारी दिनु र्छ र उक्त सम्झौता तुरुन्त खारेज गर्नुपर्छ । अन्यथा यो सम्झौता खारेजीका लागि सवै देशभक्त, राजनीतिक पार्टी, नागरिक, कर्मचारी, सेना, प्रहरी, युवा, विद्यार्थी, मजदूर सवै एक भएर सङ्घर्षमा उत्रिन हाम्रो पार्टी आग्रह गर्दछ । साथै यस्तो राष्ट्रघाती सम्झौता गर्ने दलालहरूलाई जनताले कडा कारबाही गर्ने चेतावनी पनि दिन चाहन्छ ।”