माअाेवादीद्वारा जनकारबाही तिब्र

२०७३ माघ १३ गते, बिहीबार

काठमाडौँ, १३ माघ । नेकपा (माओवादी)ले देशभर जनकारबाही तिब्र बनाएको छ । यसैक्रममा नेकपा (माओवादी)का निकट अखिल क्रान्तिकारीले चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. हरिश्चन्द्र न्यौपानेमाथि मंगलबार साँझ जनकारबाही गरेको छ । उनिहरुले न्यौपानेको गाडी रोकेर क्रिकेटको स्ट्यामले सिसामा प्रहार गरेका थिए । स्ट्यामले लागेर डा. न्यौपाने चढेको बा१४च ७५६४ नम्बरको गाडीको अगाडिको सिसा फुटेको छ भने निर्देशक डा. न्यौपानेले राम धुलाई भेटेको स्रोतले बताएको छ ।
यसैगरी, नेकपा (माअाेवादी)सुनसरीले भ्रष्टाचार गरेकाे र सेवाग्राहीलाई दुःख दिएकाे भन्दै सुनसरीकाे तनमुना गाविस सचिव हरिकुमार थापालाई कालाेमाेसाे दलेकाे छ । थापालाई पटक पटक चेतावनी दिँदा समेत सेवाग्राहीलाई घुस मागेर दुखि दिइरहेकाले कालाेमाेसाे दलेकाे माअाेवादी सुनसरीले जानकारी बताएकाे छ ।
यता माओवादी बाराले मालपोत कार्यलय बाराका अधिकृत सुमन चौधरीलाई पनि जनकारबाही गरेको छ । भ्रष्टाचारमा संलग्न मालपोतका ती अधिकृत चौधरीलाई माओवादीले कालोमोसो दलेर कार्वाही गरेको हो । सार्वजनिक जग्गालाई भुमाफियासँग मिलेर दुई विगाह जमिन व्यक्तिको नाममा मिलाएर कमिशन खाएको, राजश्व मुल्यांकनमा कम गरी दलालहरुमार्फत मोटो कमिशन लिएको र पैसा नदिने सेवाग्राहीलाई काम नगरिदिएर दुख दिने गरेको जस्ता विषय लिएर कार्वाही गरिएको माओवादी वाराले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]