राजधानी काठमाडौंलगायत देशभर मौसममा परिवर्तन
काठमाडौं, १४ माघ । पश्चिमी वायुको प्रभावका कारण राजधानी काठमाडौंलगायत देशभरको मौसममा परिवर्तन आएको छ । काठमाडौंलगायत कतिपय जिल्लामा पानीसमेत परिरहेको छ । त्यसैगरी उच्च हिमाली भागमा हल्का हिमपातसमेत हुने मौसम विज्ञान विभागले जनाएको छ । शनिबार बिहानसम्ममा मौसममा सुधार हुने विभागले जनाएको छ ।