माइतीघर मण्डलामा १० मिटर अग्लो राष्ट्रिय झण्डा राखिदै
काठमाण्डौ ,१५ माघ । नेपाली देशभक्त युवा समाजले सहिद दिवशका अवसरमा १० मिटर अग्लो र ८ मिटर चौडाई रहेको नेपालको राष्ट्रिय झण्डा माइतीघर मण्डलामा राख्ने बताएको छ । समाजले पत्रकार सम्मेलन गरी भोली सहिद दिबशका अबसरमा माइतीघरमा इतिहासकै ठुलो नेपालको झण्डा राख्ने जानकारी दिएको हो । उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको समाजका अध्यक्ष नारायण प्रसाद ढुङगनाले बताए । ज्ञात अज्ञात सहिदहरुको सम्झनामा भोली दिउसो १ बजे एक कार्यक्रमका बिच माईतिघर मण्डलमा झण्डा राख्ने बताइएको छ ।
नेकपा एमालेका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माधव प्रसाद घिमिरेको झण्डा राख्ने देशभक्त युवा समाजले जनाएको छ । सो अबसरमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, माइती नेपालकी अध्यक्ष अनुराधा कोईराला, अनररी चिल्डेन अर्वाड बिजेता इन्दिरा रानामगर,सिएन सुपर हिरो पुष्पा बस्नेत लगायतकालाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।