दलित महिला कुट्नेलाई दुई लाख जरिवाना
काठमाडौं, १५ माघ । कालिकोट जिल्ला सदरमुकाम मान्मामा दलित महिलालाई कुटपिट गर्ने एक महिलाले रु दुई लाख जरिवाना तिरेकी छन् । थिर्पु–९ निवासी जानकी बमले आर्थिक लेनदेनकाक्रममा सोही गाविस–३ निवासी मालछिना लोहारलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी लोहारको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कुटपिटकाक्रममा मालछिना लोहारको ढाड र घाँटीमा गम्भीर चोट लागेको बताइएको छ ।
मालछिनाका पति करवीर लोहारले जिल्ला प्रशासन कार्यालयमा ज्यान मार्ने र छुवाछूतसम्बन्धी मुद्दा दायर गरेको १५ दिनपछि कार्यालयले उपचार खर्च तिराउनेगरी मिलापत्र गराएको थियो । प्रशासनले उपचार खर्चमात्र दिने भनेको तर रकम नतोकेकामा दुबैपक्षका मध्यस्तकर्ताले रु दुई लाख उपचार खर्चस्वरुप पीडितलाई दिने सहमति भएको बताइएको छ ।- रासस