शहीदका बसन्तीहरू — वैरागी जेठा

२०७३ माघ १६ गते, आईतवार

अब उठ !
कालजयी योद्धाहरू
बिउँझेर दगुर
हिमालयका धापहरूमा
हँसिया हथौडा फरफराउँदै
कल्पवृक्ष मानव उमार
नयाँ पूmलझैँ
प्रताप मल्लका
करुणाले पग्लिएको
मानव पोखरी
तरङ्गका भूमरीझैँ
नाचिरहेछ हृदय वागमा
जुँगार, नुवार र करेटीका
आँसुका ढिक्काहरू
चिरहरण भएकाछन्
त्यसैले चिन्दैनन्
निस्लोट स्रोतका शासकहरू
उचाल पछारका
राजनीतिक यात्राहरूले
हामी किचिएका छौँ
योद्धाहरूको अस्तित्व खोज्दा
त्रासद बनेको छ कुर्सी
म हाँस्न सकिरहेको छैन
जेलवाङका पाखरहरूमा
ओइ ! सिस्ने ! ओइ !सेता हिउँ
कालजयी योद्धाहरूका
सपनाका पूmलहरू कहाँ छन् ?
अभिभाराका पूmलहरू फुलेर देखाऊ
मान्छेखाने पहाडाधीश लेकहरू
पैरोलिएरहम्फालेका
जङ्गबहादुर भन्दा नालायक शासक
सिँहदरबारको डबलीमा रमाइरहेछ
आऊ हाम्रा
कालजयी योद्धाहरू
बाँझा बारीका पाटाहरूमा
महासागरझैँ उर्लिएर
हाइने भएर
शहीदकाबसन्तीहरू
क्रान्तिध्वजा फैलाउँनु छ
तिमीहरूले
वायुमण्डल घेर्नु छ
आगोझैँ बलेर
देश बनाउनु छ
साँपहरूले चिथरेका
हाम्रा घाऊहरू
धमक धमक बजिरहेका छन्
हृदयमा खुला
जुठो चिया गिलाँस
हैनन् कालजयी योद्धाहरू
आपूm छेवैका पहाडहरू
कीर्तन गाइरहेथे
मनमोहक सुरिला भाकाहरू
इमान्दार जनसिपाहीका
मीठा नृत्यहरू
दुर्गम जुँगारका घाँटी हेरेर
आँखा बग्छ हिउँनदीझैँ
यस युगमा
तरल तरुणहरू
कालजयी योद्धाहरू लिएर
वर्ग संघर्षमा
हिँडेको छ गनतव्यमा पुग्न
धनपतिहरू
नयाँ जिमवाल बनेकाछन्
खुनी भएर
सिँहदरबार उभिएको छ
भीषण जाडोमा
भुकम्पपीडितहरू काँपीरहेछन्
योद्धा परिवारहरू
भोकले छट्पटिएका छन्
झंझानिल भएर
चिच्याइरहेछन्
बेनीहरू
लुङ्ग्रीका आभाहरू
बिखर भएकाछन्
उठ
कालजयी योद्धाहरू
चियानहरू उत्खनन् गरेर
महान् यात्रा चुम्न
उबड खाबड पुर्दै
एक फाँको पीठो निल्दै
स्पाती मैदानमा आऊ
श्रम र पसिनाहरूका मूल्य राख्दै
चिरकाल सम्म लड्नु पर्छ
फेरि एकपटक
उवाको सातु लिएर
झर मैदानमा
कालजयी योद्धाहरू
– जलजलाबाट ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार