‘ च्याङ्बा’ — वैरागी जेठा

च्याङ्बा कर्मशील कलाकार हुन् । हाम्रो परिचय दुईदशक भन्दा लामो छ । हामी एउटै सङ्गठनमा काम गथ्यौँ । उनी कलाकार हुन् । म कवि । हामी एउटैझण्डा मुनि थियौँ । शहरका हरेक गल्ली चोक रडबलीहरूमा हाम्रा जम्का भेट भइरहन्थ्यो । हामीले धेरै पसिना बगाएका थियौँ । हामीलाई निकै गर्व लाग्ने गथ्र्यो । नेपाली कमयुनिष्ट आन्दोलनका इतिहास खासै उल्लेखनीय देखिन्न । च्याङ्बा एक इतिहास हुन् । साम्यवादीका एक आजाद हुन् । काभ्रेको तिमाल गाउँमा जन्मिएर हुर्किएर, सामान्य तमाङ जातिको ‘लामा’ भन्ने थरमा उदय भएका हुन् । उनको परिवार सामान्य थियो र अहिले पनि त्यही छ । उनका छोरीका छोरा कवि ईश्वर थोकरले आफ्ना हजुरबाका बारेमा धेरै जिज्ञासा राखेर केही गर्ने अठोट गरेकाले केही लेख्न थालेको छु । उनका जीवनहरू निकै संघर्षमय रहे । जब उनी कम्युनिष्ट पार्टीमा प्रवेश गरे उनले सारा विश्वलाई र नेपाली समाजलाई अध्ययन गर्ने मौका पाए । काठमाण्डौँमा खुशीराम पाख्रिन ,कृष्ण सेन र मणि थापाहरूको सँगतले परिपक्क हुँदै थिए ।
२०५२ साल फागुन एकगते देखिन भएको जनसंघर्षमा समाहित हुँदै गाउँ गाउँ वस्ती वस्ती भित्र गाउँदै नाच्दै सङ्गीत भर्दै टोली प्रमुख भएर हिँड्दै जाँदा काभ्रेकै अनेकोट गाउँमा उनीलगायत छजना कलाकारको सरकारी फौजद्वारा हत्या गरिएको थियो । च्याङबा कोश िक्षेत्रमा निकै प्रख्यात भइसकेका थिए । जनताका आवाज लिएर हिाडेका साँस्कृतिक कर्मीहरू मध्ये एक थिए । उनीहरूलाई देश द्रोही जस्ता गम्भिर आरोप लगाएर उनीहरूमाथि आक्रमण गरिएको थियो ।
च्याङबालामा जस्तै धेरै जनकलाकार र जनसाँस्कृतिक कर्मीहरूको बारेमा अध्ययन र अनुसन्धान हुन आवश्यक छ । स्पष्ट इतिहासको निमार्ण हुन आवश्यक छ भन्ने कुराको बोध गराई रहेछ । वर्तमान सत्ताधारी पार्टीका साँस्कृतिक संस्थालाई वास्तै छैन । उनीहरू आफ्नो स्वार्थमा लागि परेकाछन् । व्यक्ति स्स्वार्थका कारण जनसंघर्षका शहीदहरूका जीवन ओझेलमा परेका छन् ।
नेपालको कम्युनिष्ट आन्दोलन शुरु देखिनै विवादित हुँदै र चिरा चिरा पर्दै आइरहेछन् । दश वर्षको जनसंघर्ष गरेरै सत्ता सम्म आइपुग्दा दशौँ चिरामा टुक्रिएका छन् । सरल इमानदार कार्यकर्ताहरू अपहेलित बन्न पुगेका छन् । माओवादी आन्दोलन र नेतृत्वमा देखापरेका कम्जोरपक्षले पार्टीलाई दश वर्षको आन्दोलनका सपनाहरू चक्नाचुर भएकाछन् । कृष्ण सेन ,चुनु , शिव , च्याङवा ,वासु, लगायतका शहीदहरूको अपमान भएको महशुस भइरहेछ ।
च्याङबा असल इमान्दार भएका जनकलाकार हुन् । उनीहरूले समाजको विकृति विरुद्ध गीत गाउँदै संङ्गीत भर्दै नाच्दै आम किसान ,मजदूर ,विद्यार्थीहरूलाई सङ्गठित गर्दै वर्गसंघर्षमा हिाड्न प्रेरित गरेकाले उनी हिँडेका थिए । उनी राल्फाली साँस्कृतिक आन्दोलनबाट पनि निकै प्रभावित थिए । रामेश रायन मञ्जुलका बाटामा । रामेश मञ्जुल रोशीको किनारै किनार , गाउँबस्ती ,भञ्ज्याङ,चौताराहुँदै ओखलढुङ्गा पुगेर त्यही बाटो हुँदै काठमाण्डौ फर्केका थिए । आफ्नो साँस्कृतिक अभियान त्यही तिमाल गाउँहुँदै साँस्कृतिक यात्रा गरेका थिए । त्यसैले पनि उनमा साँस्कृतिक जागरण छाएको हुनु पर्छ । तिमाल गाउँमा उनीहरूका गीत र सङ्गीतले प्रभाव पारेको देखिन्छ ।
उनले पनि रामेश रायन मञ्जुल जस्तै गीत गाउँने नाच्ने संगीत बजाउने कार्यमा शोख रहेको हुन सक्छ भन्ने कुराहरू उनका गीतहरूबाट थाहा हुन्छ । खुशीराम मणि, जीवनका गीत नृत्यले कम्युनिष्ट साँस्कृतिक परिवारमा संगठित बनायो र जनयुद्धको पक्षमा गीत गाउँदै हिँडे ।
माओ वादी आन्दोलका जनसाँस्कृतिक महासंघहरूले खासै संरक्षण गरेको देखिँदैन । एउटा महासंघ हुनु पर्नेमा पार्टी पिच्छेकै महासंघहरूले आफ्नो कलाकार भनिरहँदा जनकलाकारहरू पनि विवादित देखिने गरेकाछन् । माओवादी आन्दोलनमा देखापरेका वैचारिक इमानदारिता ले जनवादी साहित्यकार र कलाकारहरूलाई पनि विभाजीत गरिरहेको छ । यसले गर्दा कम्युनिष्ट वैचारिक नैतिक पक्षमा पनि गम्भिर प्रश्न गरेको छ ?
माओवादी आन्दोलन शसक्तरूपले अघि बढिरहेको समयमा दाीणपन्थीहरूको पार्टी प्रवेशले पार्टीलाई फेरि विभाजीत ग¥यो । माओवादी आन्दोलनलाई संसदवाद तिर धकेलिँदै गयो । किनबेचका कुराहरू चल्न थाले व्यक्तिस्वर्थ हावी हुँदै गयो । यस घटनाले जनवादी कलाकारहरूलाई आहत बनायो । चयाङबा लामा जस्ता इमानदार कार्यकर्ताहरू जनसंघर्षका लडाकू पक्षमा लडिरहे । चुनवाङ, भन्नुहोस् ,बालाजु भन्नुहोस् ,खरीपार्टी पालुङटार ,मकवानपुर जहाँजहाँ भए सम्मेलन र सभाहरू सबै गुट उपगुटहरूले पार्टी संगठन र प्रशासन कब्जा ग¥यो । कलाकारहरू पनि त्यसै मारमा परे ।
अनेकोट दोरम्बा वेथान् बेनी गोर्खा ।दुनै खारा जस्तै धेरै ठाउँमा जनपक्षीय कलाकार मारिएका छन् । तिनीहरूलाई शहीद घोषणा गरियो । सबै गुटले शहीद परिवारहरूलाई आफ्नो पक्षमा तान्ने कोशीस गरेको देखिन्छ । यसले गर्दा सिँगो कम्युनिष्ट आन्दोलनलाई नोक्सानी पु¥याइरहेछ । दशवर्षे जनसंघर्षलाई यसरी भड्काइएको छ ,भड्काउन पनि सफल रहे । अहिले निकै सङ्कटमा रहेको छ ।
च्याङ्बालामाहरूले प्रचण्डपथ अर्थात् माओवादी आन्दोलन सिथिल हुन्छ भन्ने कुराहरू सोचेका थिएनन् । आज त्यहाँ लाग्ने जनसेनाहरू पनि विस्थापित भएकाछन् । माओवादी आन्दोलनमा सर्वप्रथम नैतिक शिक्षाको अभाव रहेको देखिन्छ । च्याङबाहरू कुनै उपगुटहरू मन पराउँदैनन् थिए ।
आजसम्म माओवादी केन्द्र माओवादी क्रान्तिकारी माओवादी विप्लव र नयाँ शक्तिले शहीद परिवारलाई भेट्ने हौशला दिने र उनीहरूका जीवन समस्याहरूलाई सम्बोधन र सहयोग गरेको पाइँदैन । शहीद परिवारहरू र उनीहरूका आफन्तहरू को पनि धेरै आपत्ति रहेको थाहापाउन सक्छौँ । प्रचण्ड दुईपटक बाबुराम भट्टराई प्रधान मन्त्री बने तिनीहरूले कसैलाई पनि भेटेनन् र भेट्न पनि चाहेनन् । प्रचण्ड र बाबुराम सँग अलगरहेकाहरूले संरक्षण गर्न सकेनन् ।
उनले बुझेका थिए कम्युनिष्टहरूको भूल सिद्धान्त पूँजीवाद र साम्राज्यवाद निर्मूल गर्नु हो । आखिर त्यसो हुनसकेन । वर्ग संघर्षलाई पूर्ण विश्वास लिए । सर्वहारा वर्गको उत्थान हुन्छभन्ने ठाने । कम्युनिष्ट आन्दोलनमा चर्को भेदभावहरू मौलाउँदै गएको देख्न सकिन्छ ।
यतिवेला अनेकोटलाई शहीद स्मारक बनाइसक्नु पथ्र्यो । माओवादीले तीनपटक सत्ता हातापारिसकेको अवस्था हो । अनेकोटका सम्पूर्ण नागरिकहरूलाई माओवादी बनाउन सक्नु पथ्र्यो तर त्यसो गर्न सकिरहेको छैन ।
नेपालमा कम्युनिष्ट समूहहरू एक हुन अत्यन्त जरूरी छ किनभने दशवर्षको जनयुद्धलाई त्यसमा साहदत प्राप्त गर्ने सम्पूर्ण शहीदहरूको सम्मान गर्न । अन्तर्राष्ट्रिय कम्युनिष्ट घोषणापत्र अनुहार आन्दोलन हुन सकेको छैन र संगठित हुन पनि ! गुट र उपगुटले गर्दा कृष्ण सेनको बाटो पक्रिन सकेको छैन ।