गृहमन्त्री निधिलाई पुर्व जनमुक्ति सेनाकाे चेतावनी

२०७३ माघ २१ गते, शुक्रबार

माननिय गृहमन्त्री ज्यु, नमस्कार ,
मन्त्री ज्यु , म पूर्व जनमुक्ति सेना हुँ, म देश र जनताको लागि निरन्तर लडिराख्ने सिपाही हुँ र म नेकपा (माओवादी) को सक्रिय कार्यकर्ता पनि हुँ । मैले २०५२ साल देखि सुरु भएको न्याय र मुक्तिको युद्धमा धेरै लडाइ पनि लडेको छु । मसंग कुनै कुराको कमि छैन, राजनीति, बैचारिक र फौजी, म यो तिनै कुरामा कमि नभएको माओवादीको कार्यकर्ता हुँ , यो मेरो परिचय हो ।
गृहमन्त्री ज्यु , हिजो जनकपुरमा सिके रावत गिरफ्तार पर्दा तपाईंलाई बिप्लबको टेन्सन किन भयो ? हामीले सुन्दै छौं तपाईंको सरकारले नेकपा (माओवादी)को महासचिव क. बिप्लबलाई गिरफ्तार गर्ने योजना बुन्दै छ रे, मन्त्री ज्यु, हामी माओवादीहरु अपराधी होइनौं , हामी सिके रावत जस्तो पनि होइनौं, हामी त देश र जनताको न्याय र मुक्तिको लागि राजनीति गर्ने राजनीति पार्टी हौं र बिप्लब त्यो पार्टीको महासचिव हुन । आखिर किन तपाईंले बिप्लबको चिन्ता गर्नु भयो ?
गृहमन्त्री ज्यु, नेपाल नेपाली कांग्रेसको लुटको स्वर्ग होइन र नेपाली जनता कांग्रेस र दलालहरुको दास होइनन, यो कुरो नभुल्नु होला। मन्त्री ज्यु, बन्दुक र बुठको बलमा राजनीति गर्ने सपना नदेख्नु । अब आज २०१७ साल होइन । न्याय र मुक्तिको लागि लड्ने सिपाहीहरुलाई जेल हालेर देश लुट्ने र जनतालाई दास बनाउने सपनाहरू बन्द गर्नुहोस् । क्रान्तिकारीहरुलाई जेल हालेर तपाईंको सपनाहरू पूरा हुँदैन ती दिन गए अब ।
हामी यहि फागुन १ देखि महादिवेशन गर्दैछौ । हामीले युद्धको तयारी गर्न लागेका होइनौं । हाम्रो महाधीवेशनलाई बिथोल्ने सपना देख्नु भयो भने राम्रो हुने छैन ।
मन्त्री ज्यु, म तपाईंलाई अनुरोध गर्छु । कृपया बिप्लब माओवादीसंग जोरी नखोज्नुस बन्दुकको बलमा र शक्तिको आडमा बिप्लब माओवादीलाई तह लगाउने दुस्साहस गर्नु भयो भने त्यो सपनाहरू पूरा हुदैन किनकी माओवादीहरु देश जनतको विरुद्ध आउनेहरुलाई तरुल रोप्ने पार्टी हो र जनताको लागि बन्द गरेको न्यायको ढोका खोल्ने पार्टी हो । तर बिप्लबलाई जेल हाल्ने दिवा सपना कदापी नदेख्दा हुन्छ । न्याय र मुक्तिको लागि बलिदान गर्न हजारौं बिप्लबहरु जन्मि सकेको छ , कतिलाई हाल्नुहुन्छ जेल ? हामी न्याय र मुक्तिको अन्तिम यत्रामा छौ । जहाँ लाखौं जनताको साथ छ र अन्तिन एकीकृत जनक्रन्तीको माध्यमबाट हामी जन्ताको अधिकार जनतामा फिर्ता गराउन चाहान्छौ । तर हाम्रो जनक्रन्तिको बाटोमा तगारो बन्ने दुस्साहस कसैले गर्छ भने याद गरोस् तगारो पन्छाएर अगाडि बढ्न जानेका पनि छौ । मन्त्री ज्यु , सर्बहारा बर्गको नायक बिप्लबलाई जेल हाल्ने सपना देखेर दलालहरुको उत्साहटमा कांग्रेसी हर्कत देखाउन खोज्नु तपाईंको मुर्खता हो ।
यदि यो सरकार माओवादीको बिरुद्ध आउने दुस्साहस गर्छ भने हाम्रो विरुद्ध युद्धको घोषणा गरियोस् हामी तिम्रो विरुद्ध लड्न तयार छौ । हामी बिप्लबलाई जेल हालेर तिम्रो लुटको सपनाहरू कदापी पूरा हुने दिने छैनौ । तिमीहरूले सेना पुलिसको घेराभित्र बसेर सुरक्षीत हुने कल्पना नगरे हुन्छ । एकीकृत जनक्रान्तिको नायक बिप्लब हजारौं जनमुक्ति सेनाको घेरा , साथ र शुरक्षा छ जसलाई तोड्ने तिमीले कल्पनासमेत नगरे हुन्छ । त्यसैले माओवादीको कार्यकर्तालाई उत्तेजित पार्ने हर्कत नगर्न म गृहमन्त्रीलाई अनुरोध गर्छु । यदि यस्तो हर्कत गरेर हाम्रो नेता कार्यकर्तालाई बिना कारण जेल हाल्ने दुस्साहस गरेयौ भने तिम्रो जेलहरु बारुदखाना हुनेछ र जित जनताकै हुनेछ ।
– दिपकिरण क्षेत्री ,पुर्ब जनमुक्ति सेना

प्रतिक्रियाहरु

[anycomment]