नेपाल फेशन आइडल २०१७ हुने

२०७३ माघ २१ गते, शुक्रबार

काठमाडौं, २१ माघ । विभिन्न इभेन्टहरु आयोजना गर्दै आएको रशलाईट मिडियाले सौन्दर्य प्रतियोगिता पनि गर्ने भएको छ । मोडलिङ क्षेत्रमा आउन चाहने युवायुवतीलाई लक्षित गरेर ‘नेपाल फेशन आईडल २०१७’ हुने भएको छ । यस प्रतियोगिताको अहिले फर्म खुल्ला भएको छ । १६ वर्षदेखी २९ वर्ष उमेर समुहका युवायुवतिले सहभागी हुन पाउने यस प्रतियोगितामा केटाको ५.५ फिट र केटीको ५ फिट उचाई हुनु पर्ने आयोजक संस्था रशलाईट मिडियाले जनाएको छ ।
नेपाल फेशन आईडलको विजेताले नगद २५ हजारसहित विज्ञापनमा खेल्न पाउने छन् । साथै विभिन्न आकर्षक उपहार तथा मोडलिङ सम्बन्धी अवसर प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन । उनका अनुसार प्रतियोगितामा सहभागीहरुलाई सञ्चार, एमसी, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षाका साथै अन्य मोडलिङ तथा विविध विषयमा प्रशिक्षण दिइने छ । कार्यक्रमको इभेन्ट को –ओडिनेटर नविन श्रेष्ठ , इभेन्ट म्यानेजर सरोज श्रेष्ठ रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार