टेलिकम तेह्रौ वार्षिकोत्सव मनाउदै

२०७३ माघ २२ गते, शनिबार

काठमाण्डौं, २२ माघ । आज नेपाल टेलिकमको तेह्रौ वार्षिकोत्सव । आज बिहान साढे १० वजे पछि केन्द्रीय कार्यलय भद्रकालीमा बिशेष कार्यक्रम गरी १३ औ वार्षिकोत्सव मनाउन लागिएको टेलिकमले जनाएको छ । कार्यक्रममा सञ्चार मन्त्री सुरेन्द्र कार्की सहितको उपस्थिति हुने टेलिकमकी प्रवक्ता प्रतिमा बैद्यले जानकारी दिईन । जिएसएम , सिडिएम, ल्याण्ड लाईन , जस्ता सेवामा अग्रणी स्थानमा रहेको टेलिकम नेपालको सबै भन्दा पुरानो दुरसञ्चार कम्पनी हो । जसको ठूलो स्वामित्व सरकारको मातहतमा रहेको छ ।
यसैबीच नेपाल टेलिकमले आज देखि जीएसएम प्रिपेड ग्राहकलाई पनि फोरजी सेवा दिने भएको छ । पोष्टपेडमा फोरजी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गए पछि टेलिकमले फोरजी सेवा दिन लागेको हो । काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई मात्र यो सेवा उपलब्ध हुनेछ । गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोरजी सेवा दिन सुरु गरेको थियो । काठमाडौंमा फोरजीका लागि ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको थियो । पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर जी नेटवर्क उपलब्ध छ । १८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्ड विथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ ।
यसैबीच टेलिकमले कल रिङ ब्याक टोन (सिआरबिटी) सेवा पनि फेरि सुचारु गर्ने भएको छ । केही समय अघिदेखि बन्द रहेको सेवा वार्षिक उत्सवको अवसर पारेर आजै बाट यो सेवा पनि सुचारु गर्न लागेको हो ।

प्रतिक्रियाहरु

[anycomment]