शहर मै युद्ध हुन्छः विप्लव

२०७३ माघ २२ गते, शनिबार

काठमाडौं, २२ माघ । नेकपा (माओवादी)का विप्लवले पार्टी कार्यकर्ताहरुलाई जंगलतिर नसोच्न आग्रह गर्दे काठमाण्डौं र ७५ जिल्लाका शहरहरुमा लडाई हुने बताएका छन । जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वयन समितिको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले जनतालाई क्रान्तिबाट अलग्याउन चाहने तत्वहरुले माओवादीलाई जंगल जान्छ भनेर भ्रम फैलाएको भन्दै जनता, राष्ट्रिय उद्योगी व्यवशायी, देशभक्त र प्रगतिशिल शक्तिको नेतृत्व गर्दै पार्टीले क्रान्ति ७५ जिल्लामा एकसाथ गर्ने बताए । भारतले नेपालको हातखुट्टा बाध्दै घेरा हाल्दै आएको भन्दै अंगीकृत नागरिकता दिलाउन दवाव दिनुको कारण पनि नेपालको सत्तामा आफ्नो प्रभाव जमाउने उदेश्य रहेको विप्लवले बताए । उनले नेपालको नदीनाला , प्राकृतिक स्रोतमा कब्जा गर्न नेपालका राजनीतिक दलालहरुलाई प्रयोग गरीरहेको भन्दै दलाल सत्ताको अन्त्य नभए सम्म राष्ट्रिय स्वाधीनता प्राप्त नहुने बताए ।
विप्लवले माओवादीले गर्ने विद्रोहमा सेना र प्रहरीले समेत सहयोग गर्ने खुलाशा गरेका छन् । ‘कसैले उचालेको भरमा नेपाली सेना र प्रहरी अब क्रान्ति र अग्रगमनको विरोधी हुन सक्दैनन्,’ उनले भने,‘अबको लडाईंमा सेना र प्रहरीले साथ दिनेछन् । क्रान्ति जनताका लागि हो ।’ यस अघि विप्लव नेतृत्वको माओवादीलाई निराश बनाइएको र अहिले अनावश्यक हल्ला गरिएको बताए । ‘पहिला हुन्न सक्दैनन् भनेर हल्ला गर्दै निराश बनाएका थिए । अहिले अनावश्यक होहल्ला गरिएको छ,’ उनले भने,‘यसले संसदवादीहरुमा भूकम्प गएको छ, माओवादीलाई जनताबाट अलग्याउने षड्यन्त्र भएको छ । माओवादी हिजोपनि जनताको बीचमा थियो आज पनि छ भोली पनि हुनेछ ।’
विप्लवले जनतालाइ निरास र त्रास भर्दै लुटपाट गर्न संसदवादीहरु तम्सिएको बताउँर्दै प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस र भारतको पुच्छर भएको आरोप लगाउँदै न्यायको कुरा गर्दा दमन गरे बन्दूक बोक्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]