ट्रम्पको कार्टुन छापेपछि …

२०७३ माघ २३ गते, आईतवार

काठमाडौं, २३ माघ । जर्मनीको प्रमुख पत्रिका ‘डेअर स्पिगल’ले छापेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्बन्धि एक कार्टुनको विषयमा सर्बत्र आलोचना भएको छ । डेअर स्पीगलले आफ्नो कभर पेजमा अमेरिकी राष्ट्रपति ट्रम्पले स्टाच्यु अफ लिबर्टीको टाउको काटेको कार्टुन छापेको छ । कार्टुनमा राष्ट्रपति ट्रम्पले एक हातमा स्टाच्यु अफ लिबर्टीको काटिएको टाउको र अर्को हातमा चक्कु लिएर उभिएको देखाइएको छ । धेरैले यसको आलोचना गरेका छन् । युरोपियन संसदमा जर्मनीका उपाध्यक्षले कार्टुन निकै तल्लोस्तरको रहेको भन्दै निन्दा गरेका छन् ।
कार्टुनिस्ट एडेल रोड्रिग्वेजले भने लोकतन्त्रको टाउको काटिएको प्रतीकका रुपमा कार्टुन बनाइएको जिकीर गरेका छन् । रोड्रिग्वेजले वासिङ्टन पोस्टमा इस्लामिक स्टेट आइएस र डोनाल्ड ट्रम्प दुबै चरमपन्थका दुई टाउको रहेको भन्दै आफूले त्यसको तुलना मात्र गरेको तर्क गरे । विश्वभरका अरु विभिन्न पत्रिकाले पनि ट्रम्पका बारेमा व्यंग्यात्मक कार्टुन छापिरहेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]