अस्पतालको बेडबाट हराएको शिशु फेला

२०७३ माघ २३ गते, आईतवार

काठमाडौं,२३ माघ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट गत शुक्रबार चोरी भएको नवजात शिशु आइतबार भेटिएको छ । पर्साको बेल्वा गाविस वडा ९ स्थित लाल्सा देवी साहको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले शिशु फेला पारेको हो । शिशु चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले लाल्सादेवीलाई पक्राउ गरेको छ । बालक अस्वस्थ रहेकाले अहिले आइसीयुमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । वीरगन्ज उप–महानगरपालिका वडा नम्बर २ छपकैयाकी आसा देवी पाशवानको नजजात शिशु जन्मिएको तीन घण्टाभित्रै अस्पतालको बेडबाट हराएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार